महामारीलाई त्यतिबेला परास्त गर्न सकिन्छ जतिबेला हामी यो सँगै बाँच्न सिक्नेछौंः डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठनले भ्याक्सिन बिना पनि युरोप कोभिड–१९ को साथमा बस्न सक्ने बताउँदै यसका लागि स्थानीय स्तरको लकडाउन आवश्यक भएको बताएको छ ।
डब्ल्यूएओका युरोपका निर्देशकले यहाँ राष्ट्रिय स्तरमा लकडाउन लगाउन आवश्यक नभएको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका युरोपका क्षेत्रीय निर्देशक ह्यान्स क्लूगले स्काई न्यूजसँग भने, ‘जब हामी महामारीमाथि विजय हाँसिल गर्नेर्छौं यो भ्याक्सिनले मात्रै सम्भव हुन्छ भन्ने आवश्यक छैन । यस्तो हामीले त्यतिबेला मात्र गर्न सक्छौं जब हामी महामारीसँगै बाँच्न सिक्नेछौं र यो हामी भोलिदेखि नै लागू गर्न सक्छौं ।’
आउँदो महिनामा संक्रमणको दोस्रो लहरबाट बच्नका लागि पुनः व्यापक रुपमा लकडाउन गर्नुपर्ला भनेर सोधिएको प्रश्नमा उनले भने, ‘छैन । मलाई आशा छ कि यसको आवश्यक पर्ने छैन तर स्थानीय स्तरमा लगाइने लकडाउनको सम्भावनालाई खारेज भने गर्न सकिँदैन ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण