पछिल्लो तीन दशकमा अष्ट्रेलियामा पहिलो मन्दी
कोरोनाभाइरसले अष्ट्रेलियाको तीन दशकको आर्थिक वृद्धि रोकेको छ । ताजा आँकडा अनुसार यो वर्षको दोस्रो त्रैमासिकमा अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतको गिरावट दर्ता गरिएको छ । यसअघि पहिलो त्रैमासिकमा ०.३ प्रतिशतको गिरावट आएको थियो ।
अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबैभन्दा ठूलो गिरावट हो । लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आएपछि त्यसलाई मन्दी भनिन्छ । अष्ट्रेलिया मात्रै एउटा यस्तो ठूलो अर्थव्यवस्था थियो जुन सन् २००८ को विश्वव्यापी मन्दीबाट बच्न सकेको थियो ।
यसको कारण मुख्य रुपमा चीनमा अष्ट्रेलियाको प्राकृतिक स्रोत साधनको माग बताइएको छ । यो वर्षको सुरुमा डढेलो र कोरोनाभाइसको सुरुवाती प्रभावको कारण अष्ट्रेलियाको अर्थव्यवस्थामाथि क्षती पुगेको थियो ।
त्यसपछि लकडाउनका कारण पूरा देशमा बन्द भएको व्यापार व्यवसायले अर्थव्यवस्थाको स्थिती थप खराब पारिदियो । सरकार र सेन्ट्रल बैंकद्वारा उठाइएको कदमबाट पनि खासै केही असर हुन सकेन ।
वस्तु एवं सेवामा अत्यधिक कम खर्च भएका कारण पछिल्लो ६१ वर्षमा यो सबैभन्दा खराब आर्थिक वृद्धि बन्न गयो । अष्ट्रेलियामा अन्तिम पटक सन् १९९० को मध्यमा आर्थिक मन्दी आएको थियो जुन सन् १९९१ सम्म चलेको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण