भरतपुरमा बोलेरो र ट्रक ठोक्कियो, चालकको मृत्यु
बुधबार, १७ भदौ २०७७, १४ : ५९
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय बोलेरो चालक पुरुष रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१९च ७६७७ नम्बरको बोलेरो र विपरीत दिशाबाट आइरहेको ग२ख ४३१९ नम्बरको ट्रक बिहान ११ः३० बजे एकापसमा ठक्कर खाएका थिए ।
ठक्करबाट घाइते बोलेरो चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम, थर, ठेगाना खुल्न सकेको छैन । ठक्कर खाने दुवै सवारी र ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण