पाँच अन्तर्राष्ट्रिय उडानः फर्किए ३४८ नेपाली
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौँ ल्याएको छ ।
निगमले नियमित उडानअन्तर्गत आज काठमाडौं –नारिता गन्तव्यमा पहिलो उडान गरेको हो । निगमको जहाज केही बेरअघि मात्र काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । आजै मालिन्डो एयरले क्वालालम्पुरबाट १३३ यात्रु काठमाडौँ ल्याएको छ ।
कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ । कतार एयरवेजले दोहाबाट नौ हजार ३४२ कार्गो नेपाल ल्याएको छ । बिहीबार पनि विभिन्न मुलुकबाट चार अन्तरराष्ट्रिय चार्टर्ड उडान हुँदैछन् । हिमालय एयरलायन्सले क्वालालम्पुर, दोहा र चोङकिङबाट चार्टर्ड उडान गर्दैछ ।
यस्तै अफगानिस्तानबाट युके ४ एयर फोर्सको जहाजले काठमाडौँ गन्तव्यमा चार्टर्ड उडान गर्ने विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ आज विभिन्न एयरलाइन्सका पाँच चार्टर्ड उडान भएका छन् । तारा एयरले फाप्लु र रारा, सीता एयरले सिमीकोट, मनाङको हेलीले खोटाङ र एयरडाइनेष्टीले बिर्तामोडमा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण