पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्न अवरोधपछि साँखुमा विरोध प्रदर्शन (भिडियो)
काठमाडौं । ललितपुरको पुल्चोकमा बिहिबार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा भएको प्रहरी हस्तक्षेपको विरोधका काठमाडौं साँखुमा विरोध प्रर्दशन भएको छ । पाटनका स्थानीयवासीप्रति ऐक्यबद्धता जनाउँदै संस्कृतिविरुद्ध प्रशासन लागेको भन्दै साँखुका स्थानीयवासीले विरोध प्रर्दशन गरेका हुन् ।
उनीहरुले मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सञ्चालन गर्न दिन माग गर्दै आवश्यक परे साँखुबाट रथ तान्न सहयोग गर्न तयार रहेको बताएको साँखुबाट पत्रकार पवनलाल श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । पुल्चोकमा संस्कृतिप्रेमीमाथि प्रहरी दमन भएको भन्दै घरबाट बाहिर निस्किएर स्थानीयले सडक प्रर्दशन गरेका हुन् ।

साँखुका समाजसेवी मिजेन्द्रकाजी श्रेष्ठले जात्रा सञ्चालनको विकल्प नदिई संस्कृतिकर्मीमाथि दमन गर्नु न्यायसंगत नभएको बताए । उनले भने– ‘मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने बेलामा पुल्चोकमा संस्कृतिकर्मीमाथि जुन दमन भयो त्यसको विरोधमा र जात्रा सञ्चालन गर्न पाउनुपर्छ भन्ने मागको नैतिक समर्थनमा हामीले विरोध प्रर्दशन गरेका हौँ । हिजो अस्ति रथ नै बनाउन नदिएको, देउता राख्नै नदिएको भए एउटा कुरा हुन्थ्यो । सरकारले जात्रा कसरी चलाउने त्यसको विकल्प खोज्नुपर्नेमा दमनको नीति लिएकोले त्यसको विरुद्धमा एकजुट हुनुपर्छ भन्दै हामीले ऐक्यवद्धता जनाएका हौँ ।’
काठमाडौंको साँखु नेवार समुदायको बाक्लो उपस्थिति रहेको प्राचिन ऐतिहासिक शहर हो । उनीहरुले नेवार संस्कृतिमाथि प्रशासनले धावा वोल्ने काम गरेको आरोप लगाएका छन् । ललितपुरको पुल्चोकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको अवज्ञा गर्दै दिउँसो रातो मच्छिन्द्रनाथको रथ तानेपछि भएको विवादमा यूवाहरु र प्रहरीबीच झडप भएको थियो । प्रहरीको हस्तक्षेपपछि रथ तान्ने काम रोकिएको छ ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण