बुटवलको कोरोना अस्पतालमा थप एक पूरुषको मृत्यु
बुटवल – बुटवलमा आज थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
प्रदेशिक अस्पताल बुटवलकोद्धरा संचालित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. शुर्दशन थापाले रातोपाटीलाई बताए ।
ती पुरुषलाई भदौ ४ गते लुम्बिनी प्रदेश अस्पतलामा ल्याएको थियो । ५ गतेदेखी कोरोना अस्पतालमा उपचार गरीएको अस्पतालले जनाएको छ । मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेका ती विरामीलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको डा.थापाले बताए ।
उनको मृत्युसगै बुटवलको कोरोना अस्पतालमा मृत्युहरुको संख्या ९ पुगेको छ । भने लुम्बिनी प्रदेशिक अस्पतालमा ३ जनाको मृत्यु भएको रेकर्ड छ । ती मध्ये ६ जना रुपन्देहीका ५जना कपिलबस्तु र एक जना प्युठान जिल्लाका रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण