नैकापमा करेन्ट लागेर एक युवकको ज्यान गयो
शुक्रबार, १९ भदौ २०७७, १५ : ०१
काठमाडौं । चन्द्रागिरी नगरपालिका–१४ नैकापमा हाइटेन्सन लाइनले छुँदा स्थानिय सुरेन्द्र महर्जनको ज्यान गएको छ । नैकपास्थित सार्वजनिक जग्गामा निर्माणाधिन चन्द्रागिरी स्पोर्ट्स क्लव भवनको माथिल्लो भागमा जाँदा हाइटेन्सनले छोएर २९ वर्षीय महर्जनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । करेन्ट लागेपछि उनलाई तत्काल कलंकीस्थित शहिद मेमोरियल अस्पताल लगिएको थियो । तर, डाक्टरले उनलाई बचाउन सकेनन् ।
नगरपालिकाको अनुमति बिना क्लव भवन निर्माण हुँदै थियो । अन्तिम ढलानका लागी तयारी अवस्थामा राखिएको सो भवनको माथिबाट बिजुलीको तार लगिएको छ । ढलान गर्न तयार गरिएको क्लव भवनको माथि जाँदा उनको हातले हाइटेन्सन छुन पुगेको र दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण