यो वर्षकै पहिलो आरोहण अनुमति प्रदान

काठमाडौँ – कोभिड–१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ । महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ ।
आरोहण अनुमति प्रदान गर्ने पर्यटन विभागले शुक्रबार हिउँदयामका लागि वरुण से हिमालका लागि एउटा टोलीलाई उक्त अनुमति दिएको हो । विभागका अनुसार सात हजार १२९ मिटर उचाइको उक्त हिमालका लागि छ जनासहितको उक्त टोलीलाई अनुमति प्रदान गरिएको हो । अनुमतिबापत सरकारले १८ हजार रुपियाँ रोयल्टीसमेत प्राप्त गरेको छ ।
कोभिडकै कारण यस वर्षको मुख्य सिजनमै सगरमाथा आरोहण प्रभावित भयो । आरोहणका लागि विश्व चर्चित नेपालले ढिलै भए पनि यस वर्ष आरोहण अनुमति खुलाएको हो । मन्त्रिपरिषद्को यसै हप्ता बसेको बैठकले बहराइनका राजकुमारसहितको टोलीलाई पनि आरोहण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त टोलीले अहिलेसम्म विभागबाट अनुमति भने पाइसकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटा समूहले अहमदाबाद विमान दुर्घटनाका मृतकका परिवारलाई १–१ करोड रुपैयाँ दिने
-
पखेटाको ‘फ्ल्याप’ ले विमान दुर्घटनामा भूमिका खेलेको हुन सक्ने विज्ञको आशङ्का
-
१० बजे १० समाचार : न्यायाधीशमाथि आक्रमणदेखि एमालेमा तरंगसम्म
-
तीनकुने घटनामा अदालतले आदेश सुनाउँदै, इजलास बाहिर प्रतिवादी
-
१० बजेसम्म आएन आदेश, आदेशको प्रतीक्षामा बस्नेहरु तस्बिरमा हेर्नुहोस्
-
अनेरास्ववियु महाधिवेशनमा १४५० मत खस्यो, परिणाम केहीबेरमा