यो वर्षकै पहिलो आरोहण अनुमति प्रदान
काठमाडौँ – कोभिड–१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ । महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ ।
आरोहण अनुमति प्रदान गर्ने पर्यटन विभागले शुक्रबार हिउँदयामका लागि वरुण से हिमालका लागि एउटा टोलीलाई उक्त अनुमति दिएको हो । विभागका अनुसार सात हजार १२९ मिटर उचाइको उक्त हिमालका लागि छ जनासहितको उक्त टोलीलाई अनुमति प्रदान गरिएको हो । अनुमतिबापत सरकारले १८ हजार रुपियाँ रोयल्टीसमेत प्राप्त गरेको छ ।
कोभिडकै कारण यस वर्षको मुख्य सिजनमै सगरमाथा आरोहण प्रभावित भयो । आरोहणका लागि विश्व चर्चित नेपालले ढिलै भए पनि यस वर्ष आरोहण अनुमति खुलाएको हो । मन्त्रिपरिषद्को यसै हप्ता बसेको बैठकले बहराइनका राजकुमारसहितको टोलीलाई पनि आरोहण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त टोलीले अहिलेसम्म विभागबाट अनुमति भने पाइसकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण