आजको मौसम पूर्वानुमान, यी स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ ।
जारी पूर्वानुमानमा महाशाखाले हाल देशभरका प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भइरहेको र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
यसैगरी, शनिबार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १ ,बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, शनिबार राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, गण्डकी प्रदेश, तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण