कोरोना संक्रमणबाट ४ जनाको मृत्यु
काठमाडौं – मोरङ, नवलपरासी र रुपन्देही गरी कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, धरान घोपा आईसोलेनमा उपचार भइरहेका एक जना र कोशी अस्पतालमा उपचार गराइरहेका एक जना गरी तीन जना संक्रमितको मृत्यु भएको हो ।
शुक्रबार मोरङ बिराटनगर मनपा–४ की ६४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको र स्वाव संकलनपछि कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा बिराटनगर–११ की ४३ वर्षीया महिलामा श्वासप्रश्वासमा कठिनाइ हुने, पेट र छात्ती दुख्ने लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि न्यूरो अस्पताल बिराटनगरबाट रिफर गरिएको र उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
यस्तै, बुटलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।
नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देहीकोबुटवल उपमहानगरपालिका बार्ड नम्बर ११ का ४० बर्षीय पूरुषको मृत्यु भएको अस्पालका फोकल पर्सन डा। सुर्दशन थापाले रातोपाटीलाई बताए ।
नवलपरासीकी महिलालाई १७ गते भर्ना गरिएको थियो । गए रातिदेखी भेन्टीलेटरमा राखी उपचार गर्दा गर्दे आज बिहान ६ बजे मृत्यु भएको थियो । उनलाई ज्वरो, खोकी लागेपछि परिक्षण गर्दा कोरोना देखीएको थियो ।भने कुनै दिर्घरोग नभएको डा.थापाले बताए ।
बुटवलका ४० बर्षीय पुरुष १५ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका थिए । विगत ४ दिनदेखी भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दे गयराती ११ वजे मृत्यु भएको थियो । उनलाई पनि कुनै दिर्घरोग नभएको डा. थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण