सिरहामा नगरपालिकाको लगानीमा ५० शैयाको कोरोना अस्पताल निर्माण हुने
सरहा । सिरहाको गोलबजार नगरपालिकाले कोभिड १९ महामारीको सम्भावित जोखिमलाई मध्यजर गर्दै नगरकै लगानीमा ‘कोराना अस्पताल तथा आइसोलेसन’ भवन निर्माण थालेको छ । कोरोना संक्रमितहरुले कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरको अभावमा समस्या झेल्नुपरेको गुनासो बढेपछि नगरपालिकाले आफ्नै लगानीमा अस्पताल निर्माण गर्न लागेको हो ।
गोलबजार नगरपालिका– ४ चोहर्वामा नगरप्रमुख देवनाथ साह,उपप्रमुख रेशमकुमारी थापाले ५० शैयाको कोरोना अस्पतालको शिलान्यास गरेका हुन् । आर्थिक वर्ष ०७७÷७८ को विकास बजेटबाट कटौती गरी कोरोना अस्पताल र आइसोलेसन सेन्टर निर्माण थालेको नगर प्रमुख देवनाथ साहले बताए ।
अबको एक महिनाभित्र अस्पताल र सेन्टर निर्माण गरी सञ्चालन गरिनेगरी हामीले काम अगाडि बढाएका छौं,’ मेयर साहले भने । उनले थपे, ‘तत्काल ९१ लाख रकम छुट्टयाइएको छ, त्यसका लागि बजेट अपुग भए नगर कार्यपालिकाले स्रोत खोजी गरी तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।’
गोलबजार नपा ७ का वडा अध्यक्ष जगत श्रेष्ठले भने अहिले यसलाई कोरोना अस्पताल भनिएपनि भविष्यको ट्रमा सेन्टरको जग भएको बताए । उनले तत्काल महामारीलाई मध्यनजर गर्दै यसको निर्माण प्रकृया अगाडी बढाइएको भएपनि यसलाईनै ट्रमा सेन्टरमा रुपान्तरण गर्ने उनले बताए ।
पूर्वप्रशासक तथा यसै नगरपालिका ८ का ललितबहादुर थापाले भने– ‘ट्रमा सेन्टर निर्माणको लागि दिएको एक बिघा जग्गामा अस्पताल र आइसोलेसन सेन्टरको शिलान्यास गरिएको हो ।’ जततालाई सुरक्षित राख्न आफुहरुले यो प्रकृया अपनाएको नगरप्रमुख देवनाथ साहले बताए ।
थापाले करिब १० वर्षअघि जग्गा दान गरेका थिए । सम्भवतः नेपालमा नगरपालिकाको लगानीमा बनेको ५० शैयाको कोरोना अस्पताल यो नै पहिलो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण