कमी आएन प्रसूति सेवा लिन आउनेको
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा प्रसूति सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको छैन । यातायातको असुबिधाका कारण नियमित परीक्षणका लागि आउनेको सङ्ख्यामा केही कमी भए पनि ‘सुत्केरी’ गराउनेको भने कमी नआएको जनाइएको छ ।
दैनिक ६० देखि ७० जना सुत्केरी हुने गरेका अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए । तीमध्ये शल्यक्रियामार्फत सन्तानलाई जन्म दिनेको सङ्ख्या दैनिक २० देखि ३० जना रहेका छन् । उपत्यकाभित्र र उपत्यका बाहिरबाट पनि प्रसूति सेवाका लागि महिला अस्पतालमा आइरहेका छन् ।
कतिपय निजी अस्पतालले यस समयमा सजिलै भर्ना गर्न नमान्ने र कतिपय अस्पताल सिल भए पनि सो अस्पतालले अहिलेसम्म सेवा नियमित गरिरहेको छ । उनले भने, “सरकारी अस्पताल भएकाले जस्तोसुकै अवस्थामा सेवा पाइन्छ भन्ने नागरिकको विश्वास रहेको छ ।”
अस्पतालमा सामान्य अवस्थाभन्दा नियमित गर्भवती जाँचका लागि आउनेको सङ्ख्या भने घटेको छ । अस्पतालमा एक महिनामा झण्डै छ हजार नियमित जाँचका लागि आउने गरेका छन् । यो सङ्ख्या बन्दाबन्दीको अवधिमा झण्डै ४० प्रतिशत कम थियो । उपत्यकामा निषेधाज्ञा जारी भएपछि अहिलेको आधा सङ्ख्यामा मात्रै जाँचका लागि आएको पाइएको छ ।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैतदेखि बन्दाबन्दी लागू गरे पनि गत वर्ष अघिल्ला वर्षहरुभन्दा बिरामीको चाप कम नभएको तथ्याङ्कले देखाएको छ । गत आवमा २२ हजार ४०० ले सेवा लिएका थिए । यो सङ्ख्या आव ०७५/७६ मा २१ हजार ५०० थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण