बारामा सशस्त्र प्रहरीको सक्रियता, डेढ महिनामा ५७ लाख बराबरको अवैध सामान बरामद

रौतहट । बारास्थित सशस्त्र प्रहरीले मात्र डेढ महिनाको अवधिमा ५७ लाख बढीको अबैध सामान सहित दर्जन बढी तस्करलाई पक्राउ गरेको छ । गत साउन १ गतेदेखि भदौ २० गतेसम्म सशस्त्र प्रहरीले बारामा कूल ५७ लाख, ९४ हजार, सातसय ५४ रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी १२ नम्बर गणका प्रमुख एसपी रविनराज कर्णजितले बताए ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरस नियन्त्रण गर्न स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी गरेका बेला भारतबाट अबैध रुपमा भित्र्याउन लागिएका उक्त मूल्य बराबरका विभिन्न नाकाबाट बरामद गरिएको एसपी कर्णजितले जानकारी दिए ।
अबैध सामान नियन्त्रण बरामदको क्रममा १६ जना तस्करलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि वीरगञ्ज भन्सार तथा राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको एसपी कर्णजितले जानकारी दिए । गत साउन महिनामा भारतबाट अवैध रुपमा भित्र्याइएको एलेक्टेनिक्स पार्टस, मोटर पार्टस, मलखाद, कपडा, किराना र अन्य सामान गरी कूल २१ लख १७ हजार, ५ सय ६ रुपैया बराबरका सामान बरामद भएको थियो ।
त्यसैगरी भदौ महिनाको २० गतेसम्म अवैध काठ, नेपालबाट भारत लगिदै गरेका विभिन्न ब्राण्डका मदिरा, तस्करीमा प्रयोग भएको सवारी साधन गरी कूल ३६ लाख, ७७ हजार, २ सय ४८ रुपैया बराबरका अवैध सामान बरामद भएको सशस्त्र प्रहरी बल बाराले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । साथै सोही अवधिमा लागुऔषध गाँजा २ कुईन्टल ८ किलो ६ सय ग्राम र प्रतिबन्धित लागुऔषध फेनारगन, डाईजीपाम र नर्फिन इन्जेक्सन बरामद भएको तथ्यांकमा उलेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली