ललितपुरमा सुरक्षा व्यवस्था कडा
ललितपुर । स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ललितपुरमा यही २६ गतेसम्म विशेष सुरक्षा व्यवस्था अपनाइएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३, क) बमोजिम ललितपुर महानगरपालिकाभित्र यही भदौ २६ गतेसम्म हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको उनले जानकारी दिए । उक्त आदेश उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही हुने जनाइएको छ ।
मुख्यगरी रातो मछिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रको पूर्व मदन स्मारक स्कूल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्टजेभियर्स स्कूल अगाडिको चोक, उत्तर बखुण्डोल चोक क्षेत्रभित्र उक्त आदेश लागू हुनेछ ।
यस्तै श्रीमीननाथको रथ रहेको आसपास क्षेत्रको पूर्व मङ्गलबजार चोक, पश्चिम मदन स्मारक स्कूल अगाडिको चोक, दक्षिण पूर्वचण्डि मन्दिर, उत्तर पिमबहाल क्षेत्रभित्र लागू हुने गरी उक्त आदेश जारी गरिएको छ । उक्त आदेश बिहान ५ देखि राति १० बजेसम्म लागू हुनेछ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिए । उनका अनुसार सूचना सङ्कलन तथा घुमुवा टोलीसमेत परिचालन गरिएको छ । सादा पोशाकमा पनि प्रहरी टोली खटाइएको छ । ठाउँठाउँमा सशस्त्र प्रहरीसमेत परिचालन भएका छन् ।
स्थानीयवासीबाट समेत राम्रो साथ पाइएकाले शान्तिपूर्ण रुपमा कार्यक्रम जारी रहेको उनले बताए । ललितपुरमा केही दिनअघि रथ तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । सोही कारण स्थानीय प्रशासनले भदौ १९ गते कफ्र्यू आदेश जारी गरेको थियो । रोकिएको रथ तान्ने कार्यक्रम आजदेखि शुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण