एकै परिवारका चार जनामा कोरोना सङ्क्रमण
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका चार जना सदस्यमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उनकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको सङ्क्रमण देखिएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार चार जनासँगै पिसिआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको छ । कैलालीको धनगढीमा रहेको सिपी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका २२ वर्षीया श्रीमतीमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।
भेट्न जाने क्रममा परिवारका अन्य व्यक्तिलाई समेत कोरोनाको सङ्क्रमण भएको अनुमान गरिएको छ । श्रीमतीमा कोरोनाको सङ्क्रमण भएको पाइएपछि सम्पर्कमा आएका परिवारका सदस्यको कन्ट्रयाक्ट ट्रेसिङको कार्य गर्दा परिवारका तीन जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको हो ।
परिवारका अन्य सदस्यमा कोरोनाको सङ्क्रमण भएको पाइएको छैन । कोरोनाको सङ्क्रमणको आशङ्का भएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएको चार दिनदेखि नै क्वारेन्टिनमा बस्दै आएको कार्यालय सहयोगीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण