सामसङका ग्यालेक्सी नोट २० र नोट २०अल्ट्रा पावर स्मार्टफोन बजारमा, काम गर्न र गेम खेल्न सोचेभन्दा बढी सहजता
काठमाडौं । सामसङले हालै आफ्नो फ्ल्यागसिप प्रोडक्टहरु अन्तर्गत ग्यालेक्सी नोट २० र नोट २०अल्ट्रा पावर स्मार्टफोनहरु नेपाली बजारमा प्रस्तुत गरेको छ । यी फोनहरु काम गर्न र गेम खेल्नको लागि थप सहजता हुने बताइएको छ ।
ग्यालेक्सी नोट २० सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् र यसमा प्रो–गेमहरु सहजै खेल्न सकिन्छ । ग्यालेक्सी नोट अल्ट्रा र नोट २० फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । यसलाई पारखीहरुको पावर एण्ड प्रोडक्टीभिटिको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको कम्पनीले बताएको छ ।
सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले नेपालमा ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा फोन प्रस्तुत गर्न पाउँदा उत्साहित भएको बताए ।
उनले भने, ‘ यो फोनको प्रि बुकिङ्गमा उत्साहजनक सहभागीताले हामीलाई अझै उत्साहित बनाएको छ । हाम्रा नोट फोनका निष्ठावान ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नेछन् । किनकि नोट फोनको तुलनामा अरु फोनले त्यत्तिको कार्य गर्नै सक्दैन यसको शक्ति एवं सहजता सबैभन्दा उत्कृष्ट रहेको छ । ग्यालेक्सी नोट २० र नोट २०अल्ट्राले अझै बढी सहजता एवं स्वतन्त्रता प्रदान गर्दछ ।’
सामसङद्वारा प्रि बुक गर्ने ग्राहकहरुलाई ग्यालेक्सी बडप्लुस निःशुल्क प्रदान गरिएको थियो । साथै ग्यालेक्सी वाच ३ तथा सामसङ एलइडी टिभीमा आकर्षक छुट प्रदान गरिएको थियो ।
यसका अतिरिक्त प्रि अडर गर्ने ग्राहकरुले विभिन्न क्षेत्रहरुमा आकर्षक छुट तथा उपहार पनि प्राप्त गरे । प्रि अडरअन्तर्गत खरिद गर्न छुटेका ग्राहकहरुले पनि हाल थुप्रै उपलब्ध आकर्षक सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
यो पनि पढ्नुहोस्
सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको प्रि–बुकिङ्ग खुल्योः कम्प्युटर जत्तिकै सहज, आकर्षक अफरसहितका यस्ता छन् विशेषताहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
-
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग
-
गैरकानुनी रूपमा विदेश गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गरिने