४८ करोडमा बनेको छ कंगना रनौतको मुम्बईको अफिस, हेर्नुहोस् तस्बिर
कंगना रनौत बलिउडकी निकै महत्वाकांक्षी नायिकामध्येकी एक हुन् । उनले निकै कम समयमा आफूलाई यो क्षेत्रमा स्थापित गरिन् । उनलाई अभिनयसँग मात्रै होइन, फिल्म निर्माणको पूरा प्रक्रियासँग लगाव छ । कंगनाले आफू निर्माता बन्ने बेलासम्म आफ्नै अफिस होस् भनेर सपना देखेको बताएकी छिन् । १५ वर्षको मिहिनेतपछि उनी एक शानदार अफिसकी मालिक पनि बनेकी छिन् ।
कंगनाको अफिस चर्चामा छ । कंगनाले ट्वीट गरेर उनको अफिसमा बीएमसीको छापा परेको र उनले आफूले कार्यालय बनाउँदा कुनै पनि प्रकारको अवैध निर्माण नगरेको बताएकी छिन् । कंगना हाल आफ्नो गृहनगरमा छिन् र ९ सेप्टेम्बरमा मुम्बई आउँदैछिन् । आउनुहोस्, चर्चामा आएको कंगनाको अफिस कस्तो छ हेरौं ।
कंगनाको प्रोडक्सन हाउसको नाम ‘मणिकर्णिका फिल्म्स’ राखिएको छ र उनले यो नाम सन् २०१९ मा रिलिज भएको फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झांसी’ को सम्मानमा राखेकी छिन् । कंगनाले यो फिल्मलाई सह–निर्देशन पनि गरेकी थिइन् ।
कंगनाले यो अफिस बनाउनका लागि मुम्बईको पाली हिलस्थित बंगलो नम्बर ५ लाई पूर्ण रुपमा पुनर्निर्माण गरिन् र यसलाई वर्क स्टुडियोमा परिवर्तन गरियो ।
कंगनाको यो अफिस बनाउने काम सेलिब्रिटी डिजाइनर शबनम गुप्ताले गरेकी हुन् । यो वर्कस्पेसका लागि कंगनाले आफ्नो इच्छा शबनमसामू साझा गरिन् जसलाई उनले निकै सुन्दरताका साथ पूरा गरिन् ।
कंगनाको प्रोडक्सन हाउस युरोपियन स्टाइलको छ । यो स्टुडियोमा कस्टमाइज्ड र हातले बनाइएका फर्निचरको प्रयोग गरिएको छ । कंगनाको यो स्टुडियोको मूल्य ४८ करोड भारु हो ।
कंगनाको यो स्टुडियोमा क्रियटिभिटी र सकारात्मक ऊर्जाका लागि पनि पर्याप्त स्थान छन् । पढ्न र सोच्नेलगायतका रचनात्मक क्रियाकलापका लागि पनि स्टुडियोमा विशेष स्थानको निर्माण गरिएको छ ।
मनालीको पहाडकी कंगनालाई खुल्ला हावा र घामसँग निकै लगाव छ । उनको मुम्बईको वर्कप्लेस हेर्दा त्यस्तै लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण