रियाले ११ वर्षअघि लेखेकी थिइन् ड्रग्स र एक युवती जेल गएको कहानी, ट्वीट भाइरल
रिया चक्रवर्ती ड्रग्सको मामिलामा फसिसकेकी छिन् । अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । यसैबीच उनको करिब ११ वर्ष अघिको पुरानो ट्वीट भाइरल भइरहेको छ । उक्त ट्वीटमा रियाले लागुऔषध कारोबार र एक युवती जेल गएको कुरा लेखेकी थिइन् ।
रियाको सन् २००९ को नोभेम्बर १९ को एउटा ट्वीट भाइरल भइरहेको छ । यसमा उनले ११ वर्ष अघि जे कुरा लेखेकी थिइन् त्यो उनको वास्तविक जीवनसँग केही हदसम्म मेल खाएको छ । रियाले एक भारतीय युवतीबारे लेखेकी थिइन् जसलाई लागुऔषध ओसारपसारका लागि साढे चार वर्षको सजाय भएको थियो ।
just stepped out of a weird scary engrossing story of an indian girl ....who served 4 n a half year jail sentence for narcotic trafikking,,
— Rhea Chakraborty (@Tweet2Rhea) November 19, 2009
सुशान्त सिंह राजपूतको केसमा ड्रग एंगल सार्वजनिक भएपछि थुप्रै ट्वीस्ट आइरहेका छन् । केसको अनुसन्धान सुरुमा मुम्बई पुलिस, बिहार पुलिस हुँदै सिबिआईको हातमा पुगेको छ । ड्रगको कुरा आएपछि एनसीबी एक्सनमा आयो र भटाभट गिरफ्तारी पनि सुरु भयो ।
रियाले एनसीबीलाई दिएको बयानमा उनलाई ड्रग्सको सेवन गर्न सुशान्तले कर गरेको र उनले कुनै बेला गाँजासम्म लिएको हुनसक्ने बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण