अफगानिस्तानका उपराष्ट्रपति लक्षित बम हमलाको भारतद्वारा निन्दा
एजेन्सी । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार अफगानिस्तानको राजधानी काबुलमा भएको बम हमलाको भारतले निन्दा गरेको छ । बुधबार दिउँसो अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलम नै आत्मघातीहरुले बम विस्फोटन गराएका थिए ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बुधबार ट्वीट गरेर सो आत्मघाती हमलाको निन्दा गरेका छन् । उनले सो हमलामा परी मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले यस्तो अवस्थामा भारत सधैँ अफगानिस्तान र अफगान नागरिकको शान्तिको पक्षमा रहेको बताएका छन् ।
ट्वीटमा उनले भारत अफगानिस्तानमा शान्ति होस् भन्ने पक्षमा रहेको र यस्ता आतंकवादी क्रियाकलापहरुमाथि कहिल्यै पनि विश्वास नगर्ने बताएका छन् । अफगान प्रहरीले जनाएअनुसार उक्त विस्फोटनबाट १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् ।
अफगानिस्तानका उपराष्ट्रपति सालेहलाई लक्ष्य गरेर उनको सवारी भइरहेका बेला यस्तो भौतिक आक्रमण गरिएको बताइएको छ । तर उनलाई केही भएको छैन । उनीसहित उनको सुरक्षामा रहेका सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको बताइएको छ । तर उनको सुरक्षामा रहेका सबै जना सुरक्षित रहेका छन् । यस घटनाको कसैले पनि जिम्मेबारी लिएको छैन । प्रहरीले यस घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण