एकताको बलमै चुनौती छिचोलिएको होः मुख्यमन्त्री पौडेल
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविध भाषा, धर्म, संस्कृति, परम्पराका बीच पनि नेपालीहरुमा रहेको सहअस्तित्व, समभाव, राष्ट्रिय भावना र एकताको बलमा नै अनेकौँ चुनौतीहरु छिचोल्दै राष्ट्र यहाँसम्म आइपुगेको बताएका छन् ।
थारु महिलाको महान चाड जितिया पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले जितिया पर्वले आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा समृद्धितर्फको यात्रामा दृढ सङ्कल्प, इमान्दार प्रयत्न एवं अथक मेहनतका साथ लाग्न थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । “चितवनसहित मधेसका विभिन्न जिल्लामा मनाइने जितिया पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, पौडेलले सन्देशमा भनेका छन् ।
“वाग्मती प्रदेशको चितवन जिल्लामा थारु महिलाद्वारा विशेषरूपमा मनाइने यस पर्वमा निराहार व्रत बसी झाम्टा नाच नाच्ने गरिन्छ । यो पर्व तीन दिनसम्म मनाइन्छ । जितियामा व्रत बसे आफ्नो मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । जितिया पर्व मिथिला क्षेत्रमा समेत धुमधामका साथ मनाइँदै आएको छ । धार्मिक तथा सांस्कृतिकरूपमा समेत यस पर्वले आपसी सद्भाव, भाइचारा, प्रेम र करुणाको सन्देश दिँदै आएको छ”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड
-
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
-
सर्वोच्चको व्याख्या : ‘चिट्ठा पर्यो भनेर ठगी गर्नेलाई सङ्गठित अपराध हैन, ठगीमा सजाय हुन्छ’
-
कोशीका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतविभाजन सुरु
-
अदालत गए उपेन्द्र यादव
-
दलहरूबिच सहमति भई सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री प्रचण्ड