भीरबाट लडेर आमा र गर्भे शिशुको मृत्यु
बिहीबार, २५ भदौ २०७७, १४ : ४६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका –५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृत्यु भएको छ । स्थानीयवासीकाअनुसार भीरबाट लडेर तामाङको पेट फुटेको थियो ।
पेट फुटेपछि घटनास्थलमा आमा र शिशु एक मिटरका दूरीमा छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए । उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा शिशुको मृत्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । थप जानकारी लिन अहिले प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित