भारत र जापानका प्रधानमन्त्रीबीच फोनवार्ता
एजेन्सी । भारत र जापानका प्रधानमन्त्रीबीच फोनमा कुराकानी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस फोनवार्ताका क्रममा दुई देशबीचको आपसी हितका विभिन्न विषयहरुमा कुराकानी भएको थियो ।
उनीहरुबीच मुम्बई अहमदाबाद दुर्त गतिको रेलसेवाका बारेमा पनि कुराकानी भएको बताइएको छ । उनीहरुबीच भारत र जापानबीचमा विगतका वर्षहरु देखिको दरिलो र सुमधुर सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त भएको थियो ।
हाल कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो । विश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण विश्वव्यापी रुपमा नै नराम्ररी प्रभाव परिरहेको छ । भारतमा अमेरिकापछिको विश्वमा नै सबैभन्दा धेरै भाइरसका संक्रमित भएका छन् । यस भाइरसको प्रकोप नियन्त्रण र रोकथामका लागि आपसमा सहयोग गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका थिए । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण