भारत र जापानका प्रधानमन्त्रीबीच फोनवार्ता

एजेन्सी । भारत र जापानका प्रधानमन्त्रीबीच फोनमा कुराकानी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस फोनवार्ताका क्रममा दुई देशबीचको आपसी हितका विभिन्न विषयहरुमा कुराकानी भएको थियो ।
उनीहरुबीच मुम्बई अहमदाबाद दुर्त गतिको रेलसेवाका बारेमा पनि कुराकानी भएको बताइएको छ । उनीहरुबीच भारत र जापानबीचमा विगतका वर्षहरु देखिको दरिलो र सुमधुर सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त भएको थियो ।
हाल कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो । विश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण विश्वव्यापी रुपमा नै नराम्ररी प्रभाव परिरहेको छ । भारतमा अमेरिकापछिको विश्वमा नै सबैभन्दा धेरै भाइरसका संक्रमित भएका छन् । यस भाइरसको प्रकोप नियन्त्रण र रोकथामका लागि आपसमा सहयोग गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका थिए । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्रसारण अवरुद्ध भएपछि शाक्यले गरे वितरण प्रणालीको निरीक्षण (तस्बिरहरू)
-
एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’
-
‘राम प्यारी’मा यम र दीपाको रोमान्स
-
कसरी सम्भव भयो खगराज नै संसदीय दलको नेता बन्ने सहमति ?
-
पूर्वप्रधानमन्त्री दाहाललाई पाटनमा अभिनन्दन
-
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदहरुको जोड