अक्षय कुमारको खुलासाः ‘सधैं गहुँत पिउँछु’
बलिउड अभिनेता अक्षय कुमारले आफूले दैनिक रुपमा गहुँत पिउने गरेको खुलासा गरेका छन् ।
अक्षयले ‘इन टु द वाइल्ड’ को आफ्नो विशेष एपिसोडको विषयमा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्ससँग एक इन्स्टाग्राम लाइभ सेसनमा भाग लिएका बेला सो कुराको खुलासा गरेका हुन् ।
धेरैजसो मानिसलाई हात्तीको गोबरबाट बनेको पेय पर्दाथ पिउन एउटा चुनौती लाग्न सक्छ तर अक्षयका लागि यो सामान्य कुरा थियो । यसबारे ग्रिल्सले तपाईंको यो कसरी गर्न सक्नुभयो भनेर प्रश्न सोधेका थिए ।
यो प्रश्नको जवाफमा अक्षयले भने, ‘आयुर्वेदिक कारणले म दैनिक गहुँत पिउँछु त्यसैले यो मेरो लागि रत्तिभर पनि कठिन थिएन । ’
यसबारे बेयरले भने, ‘मेरो कार्यक्रममा आउने थुप्रै पाहुनाले यस्तो गर्न सक्दैनन् । जब मानिसहरु चर्चित हुन्छन् तब उनी आफ्नो कम्फर्ट जोनबाट बाहिरको काम गर्न बन्द गर्छन् किनभने उनीहरु कमजोर देखिन डराउँछन् तर अक्षय कुनै पनि कुराका लागि तयार थिए ।’
‘इन टु द वाइल्ड’ को यो एपिसोड ११ सेप्टेम्बरमा डिस्कभरी प्लमिा प्रसारित हुनेछ र १४ सेप्टेम्बरमा डिस्कभरी च्यानलमा प्रसारित हुनेछ । यो वर्षको सुरुवातमा मैसुरुको बान्दीपुर टाइगर रिजर्भमा यसको सुटिङ गरिएको थियो ।
अक्षय कुमारले आफ्नो आगामी फिल्म ‘बेल बटम’ को सुटिङका लागि स्कटल्याण्ड गएका छन् । यो फिल्ममा लारा दत्ता र वाणी कपुर पनि छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण