शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबान इस्लामिक कानूनको विषयमा अडिग, वार्ता अझै जारी

आइतबार, २८ भदौ २०७७, ०९ : १६
आइतबार, २८ भदौ २०७७

अफगानिस्तान सरकार र तालिबानबीच कतारमा पहिलो पटक शान्ति वार्ता भइरहेको छ । यसैबीच अफगानिस्तान सरकारले तालिबानसँग मानवीय संघर्ष बिराम लागू गर्न आह्वान गरेको छ ।

सरकारको प्रतिनिधि मण्डलको नेतृत्व गरिरहेका अब्दुल्ल अब्दुल्लाले ‘युद्धमार्फत् कसैले पनि जित हासिल नगरेको’ बताए ।

यता तालिबानले युद्धविराम सन्धिको कुरा उठाएको छैन । यद्यपि, उसले अफगानिस्तानमा इस्लामिक कानून लागू हुनुपर्ने कुरामा जोड दिएको छ ।

अमेरिकाले दुबै पक्षलाई सम्झौतामा पुग्न प्रोत्साहित गर्दै भनेको छ, ‘पूरा संसार तपाईंहरुबीच सम्भौता होस् भन्ने चाहन्छ ।’

अफगानिस्तानमा पछिल्लो चार वर्षदेखि संघर्ष चलिरहेको छ जसमा दसौं हजारको ज्यान गएको छ ।

शनिबार ऐतिहासिक वार्ता सुरु भएको थियो । यो वार्ता न्यूयोर्कमा ९–११ मा भएको अल–कायदाको भीषण हमलाको १९ औं वर्षगाँठको भोलिपल्ट भएको होे । त्यसपछि अफगानिस्तानमा अमेरिकाले सैन्य अभियान सुरु गर्यो ।

अमेरिकाको इतिहासमा अफगानिस्तानको संघर्ष सबैभन्दा लामो रह्यो ।

यो वार्ता किन महत्वपूर्ण छ ?

तालिबान र अफगानिस्तान सरकारका प्रतिनिधिबीच यो पहिलो प्रत्यक्ष वार्ता हो । चरमपन्थीले अहिलेसम्म सरकारसँग भेट गर्न अस्विकार गर्दै आएका थिए र सरकारलाई कमजोर र अमेरिकाको ‘कठपुतली’ बताउने गर्दथे ।

अफगानिस्तानमा संघर्ष अहिले पनि जारी छ र फेब्रुअरीदेखि अहिलेसम्म १२ हजार नागरिकको ज्यान गएको सरकारले बताएको छ ।

शनिबार वार्ता सुरु हुँदा अफगानिस्तान पिस काउन्सिलका प्रमुख अब्दुल्ल अब्दुल्लाले तुरुन्त संघर्ष विराम लागू गर्न आह्वान गरे । उनले समाचार एजेन्सी रोयटर्ससँग भने, ‘हिंसामा महत्वपूर्ण रुपमा कमी आओस्, यो पहिलो मुद्दा हो ।’

उनका अनुसार उनको प्रतिनिधिमण्डल एउटा यस्तो राजनीतिक सिस्टमको प्रतिनिधित्व गरिरहेको छ जुन देशको सांस्कृतिक, सामाजिक र जातीय पृष्ठभूमिबाट आउने लाखौं पुरुष र महिलासँग जोडिएका छन् र ‘उनीहरु यो पीडा र युद्धको ढोकालाई सधैंका लागि बन्द गर्न चाहेको’ दाबी गरिरहेका छन् ।

यसैबीच तालिबानका नेता मुल्ला बरादर अखुंदले वार्ता धैयर्ताका साथ अघि बढ्ने आशा जताएका छन् ।

उनले भने, ‘हामी चाहन्छौं कि अफगानिस्तान स्वतन्त्र र एकजुट होऔं र त्यहाँ एक इस्लामी व्यवस्था होस् जसमा देशका सबै जनजाती र जाती कुनै भेदभाव बिना बस्न सकून् ।’

अमेरिकाले फेब्रुअरीमा तालिबानसँग सम्झौता गरेको थियो र वार्तालाई एक महत्वपूर्ण अवसर बताएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले भनेका छन्, ‘मलाई लाग्छ कि आज यहाँ बसेका हरेक व्यक्तिलाई थाहा छ कि यो अवस्थासम्म पुग्नका लागि कडा मिहिनेत र त्याग गर्नुपर्यो ।’

‘पूरा संसार चाहन्छ कि तपाईं सफल हुनुहोस् र हामी विश्वास गरिरहेका छौं कि तपाईंहरु सफल नै हुनुहुनेछ ।’

प्रतिनिधिका लागि एक भावनात्मक दिनः

यहाँ पुगेका थुप्रै अफगानिस्तानीले यो दिनलाई भावनात्मक दिनको रुपमा हेरेका छन् ।

यो दिनलाई त्यो युद्धको समापनको सुरुवातको रुपमा हेरिएको छ जसले अफगानिस्ताको हरेक हिस्सा र यहाँका हरेक परिवारलाई छोएको छ ।

दुबै पक्षले पहिलो दिनको छलफल आशा गरेभन्दा राम्रो भएको तर अन्य थुपै प्रश्नमा गहिरो मतभेद भएको बताए जस्तै संघर्ष विरामको समूह, राजनीतिक प्रणालीको स्वरुप र व्यक्तिगत स्वतन्त्रताको सीमा संलग्न छन् ।

तर सबैभन्दा ठूलो मतभेद युद्धलाई कसरी समाप्त गर्ने भन्ने विषयमा छ ।

सम्झौता कति मुश्किल ?

वार्तामा सहभागी हरेक व्यक्तिले यो चुनौतीपूर्ण हुने मान्यता राखेका छन् ।

यसमार्फत् महिलाको अधिकारको विषयमा भएको थोरै प्रगति पनि गुमाउनु पर्ने हो कि भनेर थुप्रै मानिसहरुको चिन्ता छ । एक महिला अधिकार कार्यकर्ताले तालिबानको प्रतिनिधिमण्डलमा एकजना पनि महिला नभएको कुरातर्फ ध्यान दिलाए ।

यो वार्तामा तालिबानको सामुन्ने एउटा चुनौती पनि छ । तालिबानले अफगानिस्तानका लागि आफ्नो ठोस् राजनीतिक दृष्टिकोण पनि राख्नुपर्नेछ । यसका लागि उनीहरु अहिलेसम्म पनि अस्पष्ट छन् । उनीहरु एक इस्लामिक तर समावेशी सरकार हेर्न चाहेको पनि बताउँदै आएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप