भारतलाई अफगान विदेशमन्त्रीद्वारा धन्यवाद ज्ञापन
एजेन्सी । अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हानिफ अतमरले भारतले अफगानिस्तानको शान्तिका लागि ऐक्यबद्धता जनाएकोमा भारतलाई धन्यवाद दिएका छन् । अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानीका बीचमा कतारको दोहामा शान्ति वार्ता शुरु भएको छ ।
शनिबार शुरु भएको सो वार्तालाई सफल बनाउन भारतीय विदेशमन्त्री एस जयशंकरले पनि शुभकामना दिँदै भारत सधैँ अफगानिस्तानको शान्तिको पक्षमा रहेको बताएका थिए । उनले व्यक्त गर्नुभएको सो शुभकामनाका लागि अफगानिस्तानले पनि धन्यवाद ज्ञापन गरेको हो । अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अतमरले अफगानिस्तानको शान्ति र विकासका पक्षमा रहेकोमा भारतलाई ट्वीटरमार्फत धन्यवाद दिएका हुन् ।
शनिबार दोहामा शुरु भएको अफगान शान्ति वार्ताको उद्घाटनका लागि भएको कार्यक्रममा भारतीय विदेशमन्त्री पनि भिडियोमार्फत सहभागी भएका थिए । त्यस क्रममा उनले भारत अफगानिस्तानमा दिगो शान्ति, विकास र त्यहाँका अल्पसंख्यक महिला र अन्य नागरिकको हितको रक्षाको पक्षमा रहेको धारणा राखेका थिए ।
अमेरिकाको मध्यस्थतामा कतारको राजधानी दोहामा अफगानिस्तान सरकार र तालिबानीहरुका बीचमा शनिबारबाट वार्ता शुरु भएको छ ।सो वार्ता सकारात्मक रुपमा अघि बढिरहेको कतारको दोहामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण