स्थानीय निर्वाचनमा रूसको सत्तारूढ पार्टीलाई बहुमत निश्चित
सोमबार, २९ भदौ २०७७, २२ : ५२

एजेन्सी । रूसको केन्द्रीय निर्वाचन आयोगले सोमबार सार्वजनिक प्रारम्भिक नतिजा अनुसार सत्तारुढ पार्टी युनाइटेड रसियाले शुक्रबारदेखि आइतबारसम्मको स्थानीय निर्वाचनको नतिजामा बहुमत सदस्य जित्न सफल भएको छ ।
रसियाका ८५ क्षेत्रमध्ये ८३ क्षेत्रमा गरिएको निर्वाचनले १८ क्षेत्रीय गभर्नर, चार प्रदेशका सभासद, ११ वटा क्षेत्रीय संसद सदस्य र २२ नगरपालिका सभाका सदस्यलाई निर्वाचित गर्नेछ । यूनाइटेड रसिया पार्टीले निर्वाचन भएका सम्पूर्ण पदहरूमा बहुमत प्राप्त गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क र जारी मत गणनाले देखाएको छ ।
‘निर्वाचन कुनै अवरोध विना सम्पन्न भएको र सामान्यतया स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न भएका छन्’ निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु