स्थानीय निर्वाचनमा रूसको सत्तारूढ पार्टीलाई बहुमत निश्चित
सोमबार, २९ भदौ २०७७, २२ : ५२
एजेन्सी । रूसको केन्द्रीय निर्वाचन आयोगले सोमबार सार्वजनिक प्रारम्भिक नतिजा अनुसार सत्तारुढ पार्टी युनाइटेड रसियाले शुक्रबारदेखि आइतबारसम्मको स्थानीय निर्वाचनको नतिजामा बहुमत सदस्य जित्न सफल भएको छ ।
रसियाका ८५ क्षेत्रमध्ये ८३ क्षेत्रमा गरिएको निर्वाचनले १८ क्षेत्रीय गभर्नर, चार प्रदेशका सभासद, ११ वटा क्षेत्रीय संसद सदस्य र २२ नगरपालिका सभाका सदस्यलाई निर्वाचित गर्नेछ । यूनाइटेड रसिया पार्टीले निर्वाचन भएका सम्पूर्ण पदहरूमा बहुमत प्राप्त गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क र जारी मत गणनाले देखाएको छ ।
‘निर्वाचन कुनै अवरोध विना सम्पन्न भएको र सामान्यतया स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न भएका छन्’ निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण