धानको बाला झुल्यो खेतैमा... (तस्बिरहरु)
भक्तपुर । किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा मुख्य अन्नवालीको रुपमा धान बाली रहेको छ । यो वर्ष समय–समयमा पानी परेकाले पनि धान उत्पादन राम्रो हुने किसानहरुको अनुमान छ । यो वर्ष दशैं भन्दा अगाडिनै भक्तपुरका किसान घरमा धान भित्र्याउने तयारीमा छन् ।
यसो त पछिल्लो वर्षहरुमा तीव्र गतिमा विस्तार भइरहेको बस्तीका कारण खेतीयोग्य जमिन मासिँदै समेत गएको छ । यसको उदाहरणका रुपमा सूर्यविनायक र चाँगुनारायण नगरपालिका फाँटहरुलाई लिन सकिन्छ । पुराना शहर रहेका मध्यपुर थिमि र भक्तपुरमा नगरपालिमा पनि खेतीयोग्य जमिन लगभग सकिन लागेको छ । यस्तै चाँगुनारायणको दुवाकोट, झौखेल, खरिपाटी, बागेश्वरी, सुडालको तल्लो भाग र ताथलीमा समेत बस्ती विस्तारको असर परिसकेको छ ।
मध्यपुरको मनोहरा फाँट, साँगबारी, नगरको कमलविनायक आसपास र हनुमन्ते किनारमा भने खेतीयोग्य जमिन प्रशस्त रहेको छ ।
खेतमा झुल्दै गरेका धानखेतका केही तस्बिरः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण