रुसमा भारत र पाकिस्तानबीच हङ्गामा, अजित डोभाल बैठक बहिष्कार गरेर बाहिरिए
एजेन्सी । रुसमा मंगलबार आयोजित संघाई सहयोग संगठनका सदस्य राष्ट्रको राष्ट्रिय सुरक्षा सल्लाहकार बैठकमा पाकिस्तानले आफ्नो नयाँ नक्सा प्रयोग गरेपछि हंगामा भएको छ । बैठकमा पाकिस्तानले केही महिनाअघि सार्वजनिक गरेको नयाँ नक्सा प्रयोग गरेको थियो । जुन नक्सालाई भारतले काल्पनिक नक्सा भन्दै आएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठकमा नयाँ नक्सा प्रयोग (पेश) गर्नेवित्तिक्कै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बैठक नै बहिष्कार गरेका छन् ।
पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार जानी बुझीकनै एक काल्पनिक नक्सा बैठकमा पेश गरेको आरोप भारतीय विदेश मन्त्रालयले लगाएको छ । उक्त नक्सालाई केही महिनाअघि मात्र पाकिस्तान सरकारले स्वीकृत गरेको थियो । जसको पाकिस्तानले अहिले प्रचार गरिरहेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ कि पाकिस्तानले बैठकको नियम उल्लंघन गरेको छ, नियम उल्लंघन गरेकै कारण बैठक बहिष्कार गरिएको हो ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले अगष्टको सुरुमै आफ्नो देशको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सामा पाकिस्तानले लद्धाख, जम्मु–काश्मिरको सियाचिन र गुजरातसँग जोडिएको जूनागढ लगायतका क्षेत्रलाई आफ्नो दाबी गर्दै नक्सामा समेटेको छ । भारतले पाकिस्तानको उक्त कदम र नयाँ नक्सालाई अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण