क्रान्ति र सत्ता
बुधबार, ३१ भदौ २०७७, १० : ०४
-राकेश कार्की
क्रान्ति र सत्ता
एक आपसका विरोधी
एउटा सुरुवात
अर्को लक्ष क्रान्ति
जनतालाई
मीठा मीठा सपना बाँड्ने
सत्ता
जनतालाई बाँडेका सपना
आफै भोग गर्ने
क्रान्ति
सधैँ एकपछि अर्को अभियानले
अघि बढ्नुपर्ने
सत्ता
बढ्ने ठाउँ टुङ्गिएर आफूलाई त्यहीँ
अडाइ राख्नुपर्ने
क्रान्ति
सत्ता नभेटुन्जेल चाहिने
सत्ता
भेटेपछि मोजमस्ती भइरहने
यस्तै छ नाता
क्रान्ति र सत्ताको
एउटा तोडफोड गरिरहने
अर्को मर्मत सम्भारको बोनस खाइरहने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण