सुनसान विश्व युद्ध
- नम्रता भट्टराई
कस्तो अनौठो आयो समय ? छायो सन्नाटा, फिक्का भयो संसार रङ्गीन
छैन कुनै कोलाहाल, चकमन्न गाउँ सहर, मान्छेका मुहार मलिन
सुनिँदैन दुस्मनको त्रासदी बम–वारुद, न रोपिएका छन् सङ्गीन
त्यही पनि मानव ओठहरु भय र सन्त्रासले बने अवाक् शब्दविहीन...
लाग्छ यहाँ जगत् नै जड छ, जीवन्तताको नामोनिशान कहीँ कतै छैन...
मानव जहाँ मानव नभएर हुन् कि जस्तो निष्प्राण मूर्तरूपी मैन...
बिहान–साँझ, दिन–रात कुनै पनि प्रहर छैन हृदयमा शान्ति र चैन...
बिचरा बबुरा निर्दोष जनलाई बेफिक्री रमाउने इच्छा नभएको हैन...
ज्याला–मजदुरी गरी दैनिक छाक टार्नेलाई भोकको कठिन सन्ताप...
बिना कसुर ज्यान गुमाउनेलाई कसले दिए यस्तो अकाट्य सराप ?
कस्तो सुनसान विश्व युद्ध रहेछ यो, सुनिँदैन कठोर मृत्युको पदचाप ?
संसार नै शोकाकुल छ, अमूल्य जिन्दगीका लागि गर्छन् विलाप...
कोरोनाको महामारीले ल्यायो उथलपुथल, मानव अस्तित्वमा आयो सङ्कट...
आफन्तको चिन्ता र दुःखमा पनि साथ दिन सकिन्न, सर्छ रोग गए निकट...
विकराल छ अवस्था, थाहा छैन कहिले काटिन्छ आफ्नै परमधामको टिकट ?
कसरी हुने हो यो रोगको अचुक निदान, पार पाउँ जँघार छ ज्यादै विकट ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण