जापानमा कोरोना सङ्क्रमितको संख्या ७९ हजार नाघ्यो
एजेन्सी । जापानमा विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४८० रहेको र थप चार सङ्क्रमितको मृत्यु भएको सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्कसँग जापानमा कूल सङ्क्रमितको सङ्ख्या ७९ हजार २६० पुगेको छ भने पानी जहाजमा मृत्यु भएका १४ सहित एक हजार ५२० जनाको मृत्यु भएको छ ।
पहिलो चरणको सङ्क्रमणलाई करिब नियन्त्रण गर्न सफल जापानमा दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेपछि जापानले नियन्त्रणका लागि सामाजिक दूरी कायम लगायतका कडा उपायहरूलाई अवलम्बन गर्दै आएकोमा शनिबारदेखि यसलाई केही खुकुलो पारेको छ ।
यो वर्षको सुरुमा टोकियो नजिकको योकोहामामा ‘क्वारेन्टाइन’ मा राखिएको डायमण्ड प्रिन्सेस नामक यात्रुबाहक पानीजहाजमा भेटिएका ७१२ सङ्क्रमितहरूको सङ्ख्या नै एकै स्थानमा भेटिएका धेरै सङ्क्रमितको सङ्ख्या हो । यद्यपि यसलाई जापानले तथ्याङ्कमा समावेश गर्ने गरेको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १५९ जनामा गम्भीर समस्या रहेको र उनीहरूलाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ । सङ्क्रमणको हिसाबले मुख्य केन्द्र मानिएको राजधानी टोकियोमा आइतबार मात्रै १६२ नयाँ सङ्क्रमित व्यक्ति भेटिएका छन् । टोकियोमा मात्रै सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार २०८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण