सुपर ओभरमा दिल्लीद्वारा पञ्जाब पराजित
ईन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेल रोमाञ्चक रह्यो । आइतबार दुबईमा खेलिएको दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीचको खेल निर्धारित २० ओभरमा बराबरीमा सकिएपछि सुपर ओभरमा दिल्ली विजयी बन्यो ।
कगिसो रबाडा दिल्लीको जीतमा नायक रहे । उनले सुपर ओभरमा मात्र २ रन दिएर २ विकेट लिए । आईपीएलमा सुपर ओभरमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा न्यून स्कोर हो । दिल्लीले २ बलमा नै ३ रनको लक्ष्य पछ्याउँदै जीत हासिल गर्यो ।
यसअघि सुपर ओभरमा सबैभन्दा कम ६ रन दिने कीर्तिमान मिचेल जोनसन र जसप्रीत बुमराहको नाममा थियो । जोनसनले सन् २०१५ मा राजस्थान रोयल्स र बुमराहले सन् २०१७ मा गुजरात लायन्सविरुद्ध यो कीर्तिमान बनाएका थिए ।
यो आईपीएलको १० औँ सुपर ओभर थियो । यता, दिल्लीले दोस्रो पटक सुपर ओभरमा जीत हासिल गरेको हो ।
१५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबको शुरुवात निकै खराब रह्यो । ५५ रनमा नै आधा टोली पभेलियन फर्किएको थियो । ८९ रन बनाउँदै ओपनर मयंक अग्रवालले पञ्जाबको इनिङलाई सम्हाले पनि टोलीलाई जीत दिलाउन सकेनन् । अन्तिम बललमा १ रन चाहिएको अवस्थानमा क्रिस जोर्डन आउट हुन पोगे । पछिल्लो पटक पञ्जाबका कप्तान रहेका रवीचन्द्र अश्विनले एक ओभर बलिङ गदै घाइते भएर मैदान छाड्न बाध्य भए । उनले २ विकेट लिए ।
यअसघि, टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीको शुरुवात पनि निकै खराब रह्यो । १३ रनमा टोलीले ३ विकेट गुमाएको थियो । त्यसपछि ३१ रन बनाएका ऋषभ पन्त र ३९ रन बनाएका कप्तान श्रेयर अय्यरले टोलीलाई सम्हाले । अन्त्यमा प्लेयर अफ द म्याच मार्कस स्टोइनिसले २१ बलमा ५३ रन बनाएपछि दिल्लीले ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण