त्रिभुवन विश्वविद्यालयमा प्रहरी प्रवेश गरेपछि नेविसंघको आपत्ति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक रहेको बताएको छ। नेविसंघ अध्यक्ष राजिव ढुंगानाले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न आग्रह गरेका हुन् ।
‘विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक छ । सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप तुरून्त बन्द गरोस्। हैन भने सरकारले गराएको प्रहरी हस्तक्षेप र उपकुलपतिले गराएको प्रहरी संरक्षित गुण्डागर्दीको विरूद्ध निर्णायक आन्दोलन गर्न बाध्य हुनेछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
त्रिविमा उपकुलपतिले नेविसंघ कार्यकर्ता र आफूसँग असहमत प्राध्यापकहरूलाई झुठा मुद्दा लगाएर दुःख दिएको नेविसंघको आरोप छ। विज्ञप्तिमा भनिएको छ, ‘‘त्रिविमा प्रहरी उपस्थित गराई विद्यार्थी र प्राध्यापकहरूलाई आतंकित पार्ने कार्यको भर्त्सना गर्दछौं । विश्वविद्यालय शैक्षिक तपोभूमि हो। प्रहरीको परेड खेलाउने स्थल हैन ।’
नेविसंघले विगतमा त्रिविका बेथिति अन्त्य गर्न आवाज उठाउँदै ज्ञापन पत्र दिए पनि ती माग लत्याउने काम भइरहेको र त्रिविले वार्तासमेत नगरेको नेविसंघको आरोप छ । वार्ता र संवादबाट त्रिविका सबै समस्याका समाधान खोज्न पनि नेविसंघको माग छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण