कीर्तिपुरबाट नेविसंघका ३ जना कार्यकर्ता गिरफ्तार
मङ्गलबार, ०६ असोज २०७७, ११ : ३८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट प्रहरीले नेविसंघका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा र रुपेश शाह छन् ।
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीलाई प्रवेशमा रोक लगाएर आन्दोलन गर्दै आएको छ । मंगलबार त्रिविअगाडी प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्यले रातोपाटीलाई बताए ।
गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख नियुक्त गर्दा मनोमानी गरेको र अनलाइन कक्षा प्रभावकारी बनाउन नसकेको लगायत असन्तुष्टि राखेर नेविसंले त्रिविमा आन्दोलन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण