अक्षय कुमार, अजय देवगन, सनी देओल किन जाँदैनन् फिल्मी पार्टीमा ?
ड्रग्सको छायाले जबदेखि बलिउडलाई आफ्नो चपेटामा पारेको छ, तबदेखि फिल्मी पार्टीको कुरा सतहमा आउन थालेको छ जसमा ड्रग्स पनि बाँडिन्थे । रक्सीले त कानूनी रुपमा मान्यता पाएको छ तर कुरा रक्सीबाट अघि बढेर ड्रग्ससम्म पुगेको छ ।
सुशान्त सिंह राजपूत र रिया चक्रवर्तीको मामिलामा ड्रग्सले एक नयाँ मोड दिएको छ र अनुसन्धान एजेन्सी ती फिल्मी कलाकारसम्म पुगिसकेको बताइएको छ जसले ड्रग्सको नशामा चुर भएर आफ्नो सफलताको उत्सव मनाइरहेका छन् वा आफ्नो असफलताको पीडालाई बिर्सने कोसिस गर्छन् ।
फिल्मी पार्टी निकै अघि देखि नै आकर्षणको केन्द्र रहेको छ किनभने यसमा सर्वसाधारणको लागि कुनै स्थान हुँदैन । यस्ता पार्टी वर्षौंदेखि चल्दै आएको छ । राज कपूर, देवानन्द र दिलिप कुमारको जमानमा कुनै नयाँ फिल्मको घोषणा गर्ने बेला यस्ता पार्टी दिने गरिन्थ्यो । त्यसपछि फिल्मको सफलता मनाउन पनि पार्टी नै दिने गरिन्थ्यो ।
यस्ता पार्टीको चौतर्फी चर्चा हुन्थे । प्रतिद्वन्द्वी पनि यस्ता पार्टीमा समावेश हुन्थे । क्रमशः यस्ता पार्टीमा विकृति भित्रिन थाल्यो । ड्रग्स समावेश गरिएन तर रक्सीको नशापछि थुप्रै मानिसहरुको मुखबाट उनीहरुको मनको मैलो पोखियो र बिस्तारै यी पार्टीले आफ्नो स्वरुप गुमाउन थाल्यो । आजकाल फिल्मी पार्टी कम हुन्छन् किनभने समूह बनेको छ । एक–अर्काको समूहमा जान धेरैलाई मन पर्दैन ।
अजय देवगन, अक्षय कुमार र सनी देओलजस्ता अभिनेताले त्यतिबेला फिल्म इन्डष्ट्रिमा कदम राखेका थिए जब पार्टी अत्यधिक हुने गर्दथे । दैनिक दुई–तीन पार्टी हुन्थे । यी तीनै कलाकारले फिल्म उद्योगमा निकै तीब्र गतिमा आफ्नो स्थान बनाएका थिए त्यसैले हरेक पार्टीमा उनीहरुको माग हुन्थ्यो । सुरुमा उनीहरु केही पार्टीमा देखिए पनि तर उनीहरु तत्काल यसबाट टाढा भए ।
सनी देओलः
सनी देओला पिता धर्मेन्द्र पिउने–पिलाउने कुरामा शौखिन छन् तर सनी सधैं रक्सीबाट टाढा भए । उनी पार्टीमा नदेखिएका होइनन् तर उनको हातमा कहिले पनि रक्सीको गिलास भेटिएन । त्यसैले मानिसहरुसँग उनको राम्रो मेलमिलाप भएन । एक अन्तरवार्तामा उनले यसबारे भनेका थिए, ‘रक्सी पिएपछि मानिसहरु जे पनि भन्थे । उनीहरुको लेभल र मेरो लेभल म्याच हुन सक्दैनथ्यो । केही बेरअघि उनीहरु जसको प्रशंसा गरिरहेका हुन्थ्यो केही बेर जमेपछि उनीहरुको खेदो खन्ने गर्दथे । म के कुरा गरुँ भनेर मलाई थाहा नै हुँदैनथ्यो त्यसैले मैले पार्टीमा जान नै छोडिदिएँ ।’
अक्षय कुमारः
अक्षय कुमारलाई यदा कदा केही पार्टीमा देखिन्छ तर उनी जति छिटो पार्टीमा जान्छन् त्यति नै छिटो निस्कन्छन् । उनको फिल्मको सफलता मनाउन आयोजना गरिएको पार्टी छ भने उनलाई केट काटेपटि देख्न मुश्किल हुन्छ । अक्षयलाई पनि रक्सी पिउन मन पर्दैन । उनी राती ९ बजे नै सुतिसक्छन् । त्यसैले अबेर राती हुने पार्टीमा उनलाई देख्न सकिँदैन । अक्षय काममा विश्वास गर्छन् र यस्तो प्रकारको पार्टीलाई उनले समयको बर्बादी भन्छन् ।
अजय देवगनः
अजयलाई पिउन मनपर्छ तर उनी केही विशेष साथीहरुसँग मात्रै पिउने गर्छन् । पार्टीमा सबैको अगाडि रक्सी पिउन उनलाई मन पर्दैन । उनी अन्तर्मुखी स्वभावका छन् त्यसैले चाँडै घुलमिल हुन सक्दैनन् । अपरिचितसँग उनलाई भिन्न महसुस हुन्छ । कुरा काट्नु उनको स्वभाव होइन । अजय राती ९ बज्दा नबज्दै घर पुग्न चाहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण