रियाले उच्च अदालतमा जमानतको निवेदन दिइन्, दीपिकासँग यसै हप्ता सोधपुछ गरिने
ड्रग्स मामिलामा विगत १४ दिनदेखि जेलमा कैद रिया चक्रवर्तीले बम्बे उच्च अदालतमा जमानको निवेदन दिएकी छिन् । यसअघि रियाको निवेदन तल्लो अदालतबाट दुई पटक खारेज भइसकेको छ । नारकोटिक्स कन्ट्रोल ब्यूरोले रियालाई दुई दिनको सोधपुछपछि गत सेप्टेम्बर ८ मा पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट उनलाई भायखला जेलमा राखिएको थियो ।
उता दीपिका पादुकोण र उनकी म्यानेजर करिश्मा प्रकाशबीच भएको ड्रग्स च्याट सार्वजनिक भएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरोले मंगलबार करिश्मालाई सोधपुछका लागि बोलाएको छ । स्रोतका अनुसार दीपिकासँग यसै हप्ता सोधपुछ हुने सम्भावना छ ।
दीपिका र करिश्माबीचको ड्रग्सको कुराकानी भाइरल भएको छ । यस्तै रिया चक्रवर्तीकी म्यानेजर जया साहासँग पनि एनसीबी अफिसमा सोधपुछ चलिरहेको छ ।
रियाको जुडिशियल कस्टडी आज समाप्त हुँदैः
ड्रग्स मामिलामा एनसीबीले रिया चक्रवर्तीलाई ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो । उनी ९ सेप्टेम्बरदेखि भायखला जेलमा छिन् । कस्टडी आज समाप्त हुँदैछ । भिडियो कन्फरेन्सिङमार्फत् रियाको अदालतमा पेशी हुनेछ ।
दीपिकाकी म्यानेजर करिश्मा र रियाकी म्यानेजर जया साहा एउटै म्यानेजमेन्ट कम्पनी क्वानमा काम गर्छन् । यो कम्पनीले सेलिब्रिटीलाई ट्यालेन्ट म्यानेजर प्रदान गर्ने गर्दछ । करिश्मा जयाकी जुनियर हुन् । एनसीबीले आज पुनः जया साहालाई सोधपुछका लागि बोलाएको छ । सोमबार उनीसँग चार घण्टा सोधपुछ गरिएको थियो । करिश्मा र जयाबाहेक मंगलबार सुशान्तको म्यानेजरको रुपमा काम गरेकी श्रुति मोदी र क्वानका निर्देशक ध्रुवसँग पनि सोधपुछ गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण