कोरोना खोपबारे सुझाव दिन ५ सदस्यीय कार्यदल गठन
काठमाडौं । सरकारले कोरोनाभाइरस विरुद्धको खोपको विश्वव्यापी अवस्थाका बारेमा सुझाव दिन ५ सदस्यीय कार्यदल गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकले स्वास्थ्य सेवा विभागका तत्कालिन बालस्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा.श्यामराज उप्रेती संयोजक रहेको ५ सदस्यीय कार्यदल गठन गरेको हो ।
५ सदस्यीय कार्यदलले विश्वमा अहिले कोरोनाभाइरसविरुद्ध विकास भइरहेका खोपहरूको बारेमा अध्ययन गर्नेछ । कार्यदलले नेपालले कोरोनाभाइरसविरुद्ध निर्माण गरिएका खोपको परीक्षणमा कसरी भाग लिन सक्छ र कसरी खोपहरु प्राप्त गर्न सक्छ भन्ने बारेमा सुझाव दिने छ ।
कार्यदल सदस्यहरूमा बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डाक्टर बालकृष्ण सुवेदी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.गरीबदास ठाकुर र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवाली रहेका छन् । त्यस्तै कार्यदलको सदस्य सचिवको जिम्मेवारी भने परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा. झलक शर्मागौतमलाई दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण