कोरोना खोपबारे सुझाव दिन ५ सदस्यीय कार्यदल गठन
काठमाडौं । सरकारले कोरोनाभाइरस विरुद्धको खोपको विश्वव्यापी अवस्थाका बारेमा सुझाव दिन ५ सदस्यीय कार्यदल गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकले स्वास्थ्य सेवा विभागका तत्कालिन बालस्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा.श्यामराज उप्रेती संयोजक रहेको ५ सदस्यीय कार्यदल गठन गरेको हो ।
५ सदस्यीय कार्यदलले विश्वमा अहिले कोरोनाभाइरसविरुद्ध विकास भइरहेका खोपहरूको बारेमा अध्ययन गर्नेछ । कार्यदलले नेपालले कोरोनाभाइरसविरुद्ध निर्माण गरिएका खोपको परीक्षणमा कसरी भाग लिन सक्छ र कसरी खोपहरु प्राप्त गर्न सक्छ भन्ने बारेमा सुझाव दिने छ ।
कार्यदल सदस्यहरूमा बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डाक्टर बालकृष्ण सुवेदी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.गरीबदास ठाकुर र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवाली रहेका छन् । त्यस्तै कार्यदलको सदस्य सचिवको जिम्मेवारी भने परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा. झलक शर्मागौतमलाई दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र भएको आशङ्का, अमेरिकी सांसदले के भने ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु, सबैभन्दा बढी सुन्दरीजलमा
-
नरभक्षी बाघ मर्यो
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
-
१० महिनामा गण्डकी : आम्दानी कमजोर, खर्च टिठलाग्दो
-
ड्रोनले इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पार्यो