बारामा मोटरसाईकल दुर्घटना, २३ वर्षीय युवकको ज्यान गयो
बुधबार, ०७ असोज २०७७, १८ : ३२
बारा । बारामा मोटरसाईकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ निवासी २३ वर्षीय अभिशेख महतो रहेको प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।
मंगलबार राती साढे ९ बजेको समयमा बाराको कलैया उपमहानगरपालिका ९ रामपुरमा रोकीराखेको बा.२० च. ४९९३ नम्बरको पिकअप गाडीमा कलैयाबाट बघवनतर्फ जाँदै गरेको भे. ६ प. ४३५७ नम्बरको मोटरसाईकल ठोक्किएको थियो । सो दुर्घटनामा गम्भिर घाईते भई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा महतोको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल र गाडी प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका यी स्थानमा चार दिन विद्युत् अवरुद्ध हुने
-
आईपीएलमा पन्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित
-
रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप
-
आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै
-
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी