नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
बुधबार, ०७ असोज २०७७, १८ : ५६
चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा आज दिउँसो ४ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार लेदो सहितको पहिराले सडक ढाकिएको छ । लेदो वगिरहेकाले काम गर्न कठिनाई भएको जनाईएको छ । पानी पर्न रोकीनासाथ पहिरो पन्छाउने उनले जानकारी दिए । यस क्षेत्रमा दुई दिनदेखि निरन्तर वर्षा भईरहेको छ । सोही ठाउँमा यस अघि पनि पटक पटक पहिरो खस्दै आएको छ । सडक अवरुद्ध भएसँगै सवारी साधन रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण