सप्तरीमा कोरोनाबाट सरकारी कर्मचारीको मृत्यु
बिहीबार, ०८ असोज २०७७, ०७ : ५५
काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा सरकारी कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सत्यनारायण यादवको मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले रातोपाटीलाई बताए ।
सत्यनायारायण जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी हुन् । प्रमुख जिल्ला अधिकारीको भान्से समेत रहेका सत्यनारायणलाई कर्मचारीले ‘काका’ भनेर बोलाउँथे ।
११ दिनअघि उनको स्वाव परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
उनलाई राजविराज स्थित साईकृष्ण मेडिकल कलेज भवनको आईसोलेशनमा राखिएको थियो । उनको गएराती मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण