ड्रग्स मामिलामा अनुसन्धानको दायरा बढ्यो, चार हिरो पनि एजेन्सीको निशानामा
बिहीबार, ०८ असोज २०७७, १४ : ०१
ड्रग्स मामिलामा एनसीबीको रडारमा चार हिरो पनि परेका छन् । यद्यपि, ती कुन हिरो हुन् त्यसको जानकारी अहिलेसम्म प्राप्त भएको छैन । टाइम्स नाउका अनुसार सुशान्त सिंह राजपूतको ट्यालेन्ट म्यानेजर जया साहाले सोधपुछको क्रममा बलिउडका थुप्रै ए–लिस्टर्सको नाम लिएका छन् । स्रोतका अनुसार एनसीबीले चाँडै नै यी कलाकारको नाम बारे जानकारी दिनेछ । यसबाहेक ड्रग्स केसमा थप अनुसन्धान हुनसक्छ ।
यसअघि दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुल प्रित सिंहलाई बुधबार एनसीबीले समन पठायो । दीपिका पादुकोणलाई शुक्रबार, सारा अली खान र श्रद्धा कपुरलाई शनिबार सोधपुछका लागि बोलाएको छ । सारा र श्रद्धा कपुरको घर एनसीबीको समूह नोटिस दिन पुगेका छन् । यो मामिलामा रिया चक्रवर्ती, शौविकसमेत थुप्रैलाई जेल पठाइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण