लेबनानका प्रधानमन्त्रीद्वारा राजिनामा
एजेन्सी । लेबनानका प्रधानमन्त्रीले शनिबार नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै राजिनामाको घोषणा गरेका छन् । लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले नसकेपछि राजिनामाको घोषणा गरेका हुन् ।
लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १९० व्यक्तिको ज्यान गएको थियो भने हजारौं व्यक्ति घाइते भएका थिए । अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न सकेसम्म नयाँ मन्त्रिपरिषद गठन गर्न दबाब रहेको थियो ।
“म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु,” अदीबले टेलिभिजन सम्वोधनमा भने । “मैले सुधारवादी नयाँ मन्त्री परिषद्को निर्माणका लागि दिइएको जिम्मेवारीलाई पूरा गर्न असमर्थ भएकोमा लेवबानी जनतासँग माफी माग्न चाहन्छु ,” उनले भने ।
धेरै धार्मिक समूहद्वारा पास भएर सरकार गठन हुने हुँदा लेबनानमा सरकार गठनमा प्रायः महिनौं लाग्छ । यसका लागि विनाशकारी १९७५ देखि १९९० सम्म भएको गृहयुद्धलाई अन्त्य गर्न गरिएका प्रमुख निर्णयहरूमा मुख्य दलहरूबीच सहमति आवश्यक पर्दछ । धेरैथरी धार्मिक समुदाय भएको यो राज्यमा सत्ता समीकरणका लागि भएको सहमतिका कारण सरकार गठन प्रक्रिया झन्झटिलो रहेको छ ।
लेबनानका ठूला शिया समुदायहरू अमल र हेज्बुल्लाको प्रतिनिधित्व गर्ने दुई मुख्य पार्टीहरुले नयाँ लाइनमा अगाडि बढ्ने अदीबको प्रयासहरुलाई सहयोग नगरेपछि सरकार गठन प्रक्रिया सफल हुननसकेको उनको दावी छ ।
दुई दलले अर्थ मन्त्रालयलाई आफ्नो नियन्त्रणमा राख्ने आफ्नो मागलाई नमानेका र खासगरी अमेरिकालगायतका दातृ राष्ट्रको प्रधानमन्त्रीको पकडमा अर्थमन्त्री रहनुपर्ने दवावका कारण सरकार गठन प्रक्रिया अन्ततः असफल भएको छ ।
विश्लेषकहरूले अमलका एक पूर्व मन्त्री र हेज्बुल्लाहसम्वन्धित व्यवसायकाबिरूद्ध हालसालै लगाइएको अमेरिकी प्रतिबन्धलगायतका कारण पनि सरकार गठन प्रक्रिया असफल भएको बताएका छन् । राजनीतिमा कम पकड रहेका पूर्व राजदूत अविवलाई फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको लेबनान भ्रमणको केही घण्टा पहिलेमात्र गत अगस्ट ३१ राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण