अन्तिम राजा र नयाँ शासकहरू
१.
अन्तिम हुनुको पीडा त
कक्षाकोठामा अन्तिम हुने
एउटा बच्चाले पनि बुझ्छ ।
तैपनि कुनै पनि राजवंशको
अन्तिम राजा हुनुको पीडा
बयान गर्ननसकिने हुन्छ ।
त्यसैले त राजा हुँदा
कहिल्यै नहाँस्ने मान्छे पनि
हाँस्दै हिँड्न थाल्छ
नाच्दै हिँड्न थाल्छ ।
२.
यो नौलो कुरै होइन ।
किरात, लिच्छवी, मल्ल
सबै वंशका अन्तिम राजाले
त्यो पीडा भोगेकै थिए ।
इतिहासभरि हरेक अन्तिम राजाले
फेरि एकपल्ट राजा बन्ने
बडेमानको ढुंगा जस्तो भारी धोको
अन्तिम साँससम्मन् छातीभित्र पालेर
निस्सासिएर बाँचेका थिए/मरेका थिए ।
३.
अनि खुशीको उन्मादले बहुलाउनु
नयाँ शासकहरूको प्रवृत्ति नै हो ।
त्यसैले त
राजा फालेका नयाँ शासकहरू
दिनहुँ भोज मनाइरहेका छन्
जनताका नाक, ओंठका
थरिथरि स्वादिष्ट परिकार बनाएर ।
(मूलतः नेपालभाषाका लेखक आर. मानन्धरको नेपालीमा दर्शन–साहित्यको पुस्तक “क्षितिजको स्पर्श” प्रकाशित छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण