विवाहित जीवनलाई कसरी बनाउने रोमाञ्चक ? यस्ता छन् विज्ञका पाँच सल्लाह
हरेक विवाहित सम्बन्धमा स–साना समस्या हुनु भनेको साधारण हो तर यदि यी स–साना समस्या समय हुँदा नै हल गरिएन भने यसले विकराल रुप लिन बेर लगाउँदैन । धेरैजसो मानिसहरु आफ्नो नीजि जीवनबारे खुलेर कुरा गर्नबाट बच्छन् । यी समस्यालाई टाढा राख्नका लागि रिलेशनशिप एक्सपर्टका केही सल्लाह मानिसहरुलाई काम लाग्न सक्छ । आउनुहोस् यसबारे जानकारी लिऔं ।
सधैं कुरा गर्नुहोस्ः
कुनै पनि समस्यालाई हल गर्ने पहिलो पहल कुराकानीमार्फत् हुन्छ । यदि तपाईं आफ्नो पार्टनरसँग यस्ता मुद्दाबारे खुल्ला रुपमा कुरा गर्नुहुन्नँ भने समस्याको कहिले पनि हल निस्कँदैन । कुराकानीमार्फत् नै तपाईं आफ्नो पार्टनरको भावना बुझ्न सक्नुहुन्छ र आफ्नो भावना बुझाउन सक्नुहुन्छ । सम्बन्धमा समस्या त्यतिबेला आउँछ जब जोडी आपसमा कुराकानी गर्न बन्द गरिदिन्छन् ।
मुद्दालाई ठूलो नबनाउनुहोस्ः
कुनै पनि जोडीमा स–साना मनमुटाव साधारण हुन् । स्वस्थ सम्बन्धका लागि यो आवश्यक पनि छ तर एउटै मुद्दामा पटक पटक झगडा गर्दा त्यो ठूलो हुन्छछ र त्यसपछि सम्बन्धमा दरार आउन थाल्छ । कुनै कुराको लागि तपाईंहरु दुबैको दृष्टिकोण फरक हुनसक्छ । पार्टनरको विचारलाई नजरअन्दाज गर्नुको साटो त्यसलाई बुझ्ने कोसिस गर्नुहोस् ।
मिलिजुली गर्नुहोस् घरको कामः
कपडा धुनु, भाँडा माझ्नु, सर–सफाई गर्नुजस्ता काममा आफ्नो पार्टनरलाई सहयोग गर्नुृहोस् । जब तपाईं दुबै घरमा हुनुहुन्छ भने आ–आफ्नो काम बाँड्नुहोस् । यसो गर्दा कसैमाथि पनि कामको भार बढि पर्नेछैन र तपाईंहरु एक–अर्काको नजिक पनि आउनुहुनेछ ।
एक–अर्काको तारिफ गर्नुहोस्ः
सबैलाई आफ्नो पार्टनरले तारिफ गरिदिउन् भन्ने आशा हुन्छ । एक–अर्काको तारिफ गर्दा तपाईंहरु दुबै सधैं एक–अर्काप्रति सकारात्मक हुनुहुनेछ । यसो गर्दा स–साना समस्या नजरअन्दाज गर्ने बानी पनि पर्छ ।
एक–अर्कालाई प्राथमिकता दिनुहोस्ः
पार्टनरबाट आफ्नो लागि मात्रै आशा नराख्नुहोस्, जति तपाईंले आफूलाई प्राथमिकता दिनुहुन्छ नि त्यति नै आफ्नो पार्टनरलाई पनि दिनुहोस् । तपाईंहरुको विचार एकै किसिमको हुनुपर्छ भन्ने छैन तर अलग–अलग पिचारको सम्मान गर्न पनि आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण