निषेधाज्ञा खुलेपछि उपत्यका छाड्ने भन्दा भित्रिने बढी
काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा बढी देखिएको छ । दशैं लगायतका महत्वपूर्ण चाडबाड आउनुअघि खुला भएको उपत्यकाको आवागमनमा उपत्यका छाडेर जानेभन्दा भित्रिनेको संख्या बढी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
१० दिनको अवधिमा कूल ४१ हजार ६ सय १७ वटा सवारीसाधन उपत्यकामा भित्रिँदा १ लाख ७४ हजार ८ सय ४४ जना यात्रु उपत्यकामा प्रवेश गरेको महाशाखाको तथ्याङ्क छ । त्यस्तै, यो अवधिमा ४१ हजार २ सय ५ सवारी साधन बाहिरिँदा १ लाख ६५ हजार २ सय ४६ जना यात्रुले उपत्यका छाडेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादवले जानकारी दिए ।
चाडवाडको सिजन सुरु भएपनि पहिल्यै धेरै व्यक्तिहरु उपत्यका बाहिर गइसकेकोले अहिले यात्रु बाहिरिने चाप नदेखिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण