रोनाल्डोले जोगाए १० खेलाडीमा सिमित युभेन्टसलाई
सोमबार, १२ असोज २०७७, ०७ : ३७
क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले १० खेलाडीमा सिमित युभेन्टसले एएस रोमासँग २–२ को बराबरी गर्न सफल भएको छ । आइतबार भएको खेलमा युभे दुईपटक पछि परे पनि रोनाल्डोले टोलीलाई हारबाट जोगाउन सफल रहे ।
खेलको ३१ औँ मिनेटमा जोर्डन भेरेटाउटले पेनाल्टीबाट रोमालाई अग्रता दिलाए । तर, ४४ औँ मिनेटमा पेनाल्टीबाटै गोल गर्दै रोनाल्डोले युभेलाई खेलमा फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा भेरेटाउटले हेनेरिक मिखितारियनको पासमा गोल गर्दै खेलमा पुनः रोमालाई अग्रता दिलाए ।
६२ औँ मिनेटमा एड्रियन रोबियोटले दोस्रो पहेँलो कार्ड पाएपछि युभे १० खेलाडीमा सिमित बन्यो । तर, लगत्तै ड्यानिलोको क्रसमा हेडमार्फत गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
बराबरीसँग युभेन्टस लिगको चौथौँ स्थानमा खस्किएको छ । रोमा लिगको १३ औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण