दक्षिण चीन सागरमा चीनको कुनै कानूनी अधिकार नभएको अमेरिकी दाबी

एजेन्सी । अमेरिकाले फेरि एकपटक दक्षिण चीन सागरमा चीनको कुनै कानूनी अधिकार नभएको दाबी गरेको छ । तर उसले जबरजस्ती आफ्नो नियन्त्रण कायम राख्न चाहेको अमेरिकाको आरोप छ । त्यसकारण पनि चीनले आफ्नो समुद्री सैन्य अड्डाहरूको प्रयोग गरिरहेको अमेरिकाले आरोप लगाएको छ ।
अमेरिकी विदेश विभागका प्रवक्ता मोर्गन ओर्टागसले भनेः ‘५ वर्षअघि २५ सेप्टेम्बर २०१५ मा चिनियाँ राष्ट्रपतिले व्हाइट हाउस रोज गार्डेनमा बचन दिएका थिए कि चीनले स्प्राटली टापुलाई सैन्यीकरण गर्ने चाहाना राख्दैन र अरु कुनै पनि देशलाई समुद्री सैन्य अड्डाहरुमार्फत अनुमति नदिने बताएका थिए । उनले यो मामलामा जबरजस्ती नगर्ने बताएका थिए तर, चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले यस प्रतिज्ञालाई बिर्सेको छ।’
चीनले दक्षिण चीन समुद्री क्षेत्रमा सैन्य शक्ति वृद्धि गरिरहेको छ । उसले यो क्षेत्रमा बढाएको आफ्नो शक्तिलाई आफ्नो सार्वभौमसत्ताको रक्षा भनिरहेको छ । उसको यो कदमलाई लिएर धेरैजसो देशहरूले संयुक्त राष्ट्रसंघमा विरोध गरेका छन् । दक्षिण चीन सागरसँग जोडिएका छिमेकी मुलुकहरुले पनि सो क्षेत्रमा आफ्नो अधिकार स्थापित हुनुपर्ने आवान उठाइरहेका छन् ।
अमेरिकी प्रवक्ताले भने कि अन्तर्राष्ट्रिय समुदायले चीनको अस्वीकार्य र खतरनाक व्यवहारको बिरूद्ध आवाज उठाउनुपर्छ । उनले अमेरिका यस विषयमा चीनका बिरूद्ध दक्षिणपूर्व एशियामा आफ्ना सहयोगीहरूसँग खडा हुने बताए । अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो नौसेनाको उपस्थिति बढाउँदै लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, तस्बिरमा हेर्नुहोस्