भारत-बंगलादेश द्विपक्षीय बैठक लाभदायकः बंगलादेशका विदेशमन्त्री
एजेन्सी । बंगलादेश र भारतबीचको द्विपक्षीय वार्ता लाभदायक भएको बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले बताएका छन् । उनले हालै भारतका विदेशमन्त्रीसँग भएको द्विपक्षीय वार्ता आपसी हितमा भएको र दुवै पक्षका लागि लाभदायक भएको बताएका हुन् ।
बंगलादेश र भारतकाबीच जोइन्ट कन्सल्टेटिभ कमिटी (जेसिसि) बैठक भएको थियो । बंगलादेशका लागि भारतका उच्च कमिसनर रिभा गांगली दाशले यी दुई देशका बीचमा कार्यरत उक्त जेसीसीको बैठक सम्पन्न भएको बताए । यस बैठक बंगलादेशका विदेशमन्त्री एके मोमिन र भारतका विदेशमन्त्री एस जयशंकरबीच भएको थियो । सो बैठक दुवै पक्षका लागि लाभदायक रहेको र आपसी हित र आवश्यक अन्य द्विपक्षीय विषयमा खुलेर कुराकानी भएको उच्च कमिसनर रिभाले बताए ।
उनले दुवै देशबीचमा रहेको सीमा सम्बन्धी मुद्दाहरु आपसी हितमा शान्तिपूर्ण वार्ताका माध्यमबाट टुंग्याउने बारेमा सहमति भएको पनि जानकारी दिए । यस जेसीसी बैठक बंगलादेश र भारतका बीचमा हरेक वर्ष हुने गर्दछ ।
–एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण