ट्रोलरले अभिषेक बच्चनलाई सोधिन्, ‘ड्रग्स छ त ?’ नायकले फर्काए यस्तो जवाफ
बलिउड अभिनेता अभिषेक बच्चन सोसल मिडियामा निकै सक्रिय छन् । उनको पोष्टमा आउने प्रतिक्रियामा पनि उनको नजर दौडिएको हुन्छ । त्यसैले त थुप्रै पटक ट्रोल्समा जवाफ पनि फर्काउने गर्छन् । अभिषेकले पुनः एकपटक त्यसै गरेका छन् ।
प्रयोगकर्ताले अभिषेकलाई सोधिन्, ‘ह्याश छ त ?’
आजकाल बलिउडको ड्रग कनेक्सनले निकै चर्चा बटुलिरहेको छ । दीपिका पादुकोणको एउटा च्याट सार्वजनिक भएको थियो जसमा उनले सोधिरहेकी थिइन्, ‘माल छ त ?’ यसैलाई आधार बनाएर शिवानी शर्माकी एक ट्रोलर अभिषेकलाई सोधिन्, ‘ह्यास छ त ?’ अभिषेक बच्चनले उनलाई जवाफ फर्काएका छन् ।
Hash hai kya ?
— Shivani Sharma (@shivani867) September 30, 2020
अभिषेकले लेखेका छन्, ‘छैन, माफ गर । यस्तो नगर । तर मलाई तिम्रो मद्दत गर्दा खुसी लाग्नेछ र तिमीलाई मुम्बई प्रहरीमा लैजान पनि । मलाई विश्वास छ मुम्बई प्रहरीले तिम्रो आवश्यकता थाहा पाएर खुसी हुनेछन् र उहाँहरुले नै तिमीलाई सहयोग गर्नेछन् । ’
No! Sorry. Don’t do that. But will be very happy to help you and introduce you to @MumbaiPolice am sure they, will be very happy to learn of your requirements and will assist you. 🙏🏽🚨🚓
— Abhishek Bachchan (@juniorbachchan) September 30, 2020
अभिषेक बच्चनको जवाफपछि ट्रोलरले लेखिन्, ‘तिम्रो पिआरले मलाई तथानाम भनिरहेका छन् । लाज नभएका बच्चन ।’
यसको जवाफमा अभिषेकले लेखे, ‘म्याम, मेरो कोही पिआर छैन । ’
केही प्रशंसकले अभिषेकलाई यस्ता मानिसहरुलाई बालै नदिन सल्लाह दिएका छन् ।
हुन त अभिषेकले कुनै प्रयोगकर्तामाथि निशाना साँधेको यो पहिलो घटना भने होइन । यी नायकलाई जब कसैले ट्रोल गर्छ तब उनी चुप बस्नुको साटो गतिलो जवाफ फर्काउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण