युवराज खतिवडा अमेरिकासहित अन्य ६ देशको राजदूतमा पनि सिफारिस
बिहीबार, १५ असोज २०७७, १८ : २६

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष, पूर्व गर्भनर, पूर्व राष्ट्रियसभा सदस्य, पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका पूर्व मुख्य आर्थिक सल्लाहाकारलाई अमेरिकाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।
खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड